• 6:01 pm

आज सुन चाँदीको मुल्य कति ?

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार १२:००

५ कार्तिक, २०७८ काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।


चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।

प्रतिकृया