• १९ असोज २०८३, सोमबार
  • १२ः५९ दिउँसो

सुदूरपश्चिम प्रदेश सरकार फेर्नेबारे कुनै छलफल भएको छैन : देउवा

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार १०:४१

५ कार्तिक, २०७८ काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौँ गएर छलफल हुने बताए ।

National Life

बिहीबार मात्र वाग्मती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सभामा माओवादी दोस्रो दल हो । तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् ।


एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् । सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० सांसद छन् । यसैगरी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका १/१ सांसद छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया