• ५ साउन २०८३, मंगलबार
  • ५:०९ बेलुका

ओलीले बोलाए करिश्मालाई बालकोट

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०१:११

४ कार्तिक, २०७८ काठमाडौँ : कक्षा १२ को परीक्षा तयारीमा रहेकी नायिका करिश्मा मानन्धरलाई फोन गरेर एमाले अध्यक्ष ओलीले गएको महीना शुभकामना दिए । परीक्षा सकिएपछि भेट्ने कुरा पनि भयो । त्यो प्रतिबद्धताअनुसार नै बुधबार बेलुका अध्यक्ष ओली र नायिका मानन्धरबीच बालकोटमा भेट भएको छ । एक घण्टा चिया पिउँदै भएको गफगाफमा गायिका तथा सांसद कोमल ओली र कलाकार जितु नेपाल पनि सहभागी थिए ।


करिश्मा र ओलीबीच फिल्म, राजनीतिदेखि मुलुकको समसामयिक विषयमा गफगाफ भयो । ओलीले परीक्षा कस्तो भयो भन्दै करिश्मालाई सोधेका थिए । साथै, देश विकास गर्ने आफ्नो भिजनबारे पनि ओलीले सुनाएका थिए । छक्कापञ्जा फिल्म आफूले हेरेको भन्दै ओलीले फिल्म लगायतका गफ पनि गरेका थिए । करिश्माको अभिनयको आफू प्रशंसक रहेको भन्दै ओलीले करियरको शुभकामना पनि दिए ।

Kamana Sewa

करिश्माले मुन्द्रेको कमेडी क्लब टिभी सोमा ओलीलाई अतिथिको रुपमा निम्तो पनि दिएकी थिइन् । मौका मिलाएर आफू उक्त सोमा आउने वचन पनि ओलीले दिएका छन् । तर, उक्त भेटमा पार्टी प्रवेशबारे कुनै छलफल नभएको सहभागी कलाकार नेपालले बताए । ‘क्याजुअल भेटघाट भएको हो । पार्टी प्रवेशबारे कुनै कुरा भएको छैन’ उनले भने ।

Classic Tech Desktop

प्रतिकृया