• ५ साउन २०८३, मंगलबार
  • ५:०९ बेलुका

बागमतीको प्रदेश सभा बैठकमा एमाले सहभागी हुने

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार १२:१२

४ कार्तिक, २०७८ काठमाडौँ : बागमती प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी हुने भएको छ । यसअघि वडा अधिवेशनलाई कारण देखाउँदै एमाले बागमती प्रदेश संसदीय दलले सभामुखलाई प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो ।


तर, आजको बैठकमा सहभागी हुने सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशव राज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामी बैठकमा सहभागी हुन्छौं, प्रदेश सभाको बैठक बोलाएपछि जानुपर्ने भएकोले सहभागी नहुने कुरै छैन ।’ यता एमाले मुख्य सचेतक दीपक निरौलाले पार्टीको अधिवेशन भएका कारण हामीले प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका बैठकमा आफूसहित धेरै सांसदहरु उपस्थित हुन नसक्ने बताएका छन् ।

Kamana Sewa

उनले बैठक ११ गते सार्न गरेको मागलाई सभामुखले कसरी हेरेको भन्ने विषयमा आफू जानकार नभएको बताए । उनले भने, ‘हाम्रो पार्टीको वडा अधिवेशन हुँदैछ, हामीले बैठक सार्न माग गरेका छौं तर प्रदेश सभाको बैठकको पूर्ण अधिकार सभामुखज्युको विवेकमा भर पर्छ । हामी सहभागी हुने अवस्था निकै कम हुन्छ ।’

Classic Tech Desktop

प्रतिकृया