• १ असोज २०८३, बिहीबार
  • ६ः०० बेलुका

नेकपा (माओवादी केन्द्र) ले ३३ मध्ये ३२ विभागलाई दियो पूर्णता

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ११:४८

४ कार्तिक, २०७८ काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो ।

National Life

सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । सवै विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् । उनका अनुसार उक्त विभाग सूर्य सुवेदीको नेतृत्वमा गठन गरिनेछ । बाँकी विभागका विभागीय प्रमुखमा अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् ।


त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभाग कृष्णबहादुर महरा, विपद व्यवस्थापन विभागमा सूर्य सुवेदी, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादवले पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी कोष तथा आर्थिक विभाग प्रमुख डोरप्रसाद उपाध्याय, खानेपानी विभाग प्रमुख विना मगर, जलस्रोत तथा ऊर्जा विभाग लीलामणि पोखरेल, निर्वाचन विभाग प्रमुख खिमलाल देवकोटा, कानून विभाग प्रमुख मुक्ति प्रधान,पर्यटन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभाग–पर्शुराम तामाङ र पार्टी स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेलले पाएका छन् ।


त्यस्तै पुस्तकालय तथ अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरणमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, शिक्षा तथा मानवस्रोत विभाग–मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, संघीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिवी विभागमा धर्मदत्त देवकोटाले नेतृत्व पाएका छन् ।


त्यस्तै शहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग–कल्पना धमला र नीति अध्ययन प्रतिष्ठान–रामचन्द्र झाको नेतृत्वमा रहनेछ । झा नेतृत्वको प्रतिष्ठानको नेता मात्रै तोकिएको छ ।


बैठकमा प्रवक्ता महराले देशभर माओवादीको सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएर सोही अनुसार काम भइरहेको बताए । उनले सदस्यता नवीकरणको समय थपेर हालसम्म झण्डै ५० प्रतिशत सदस्यता नवीकरण भएको समेत जानकारी दिए ।

प्रतिकृया