• २१ असोज २०८३, बुधबार
  • ४ः१४ बिहान

थप तीन नेपाली फिल्मद्वारा रिलिज डेट घोषणा : ‘धुम’ र ‘चोरपुलिस’ तिहारमा आउने

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ०१:०४

३ कार्तिक, २०७८काठमाडौँ : थप तीन नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । चलचित्र संघद्वारा गठित व्यवसायिक अध्ययन कार्यदलका अनुसार चोर पुलिस र धुम ४ तिहारमा प्रदर्शन हुनेछन् । चुरीफुरी चाहिँ पुस ९ गते प्रदर्शन हुने जनाइएको छ । कार्यदल संयोजक अशोक शर्माका अनुसार अन्य केही फिल्मसँग पनि रिलिज घोषणाबारे छलफल भैरहेको तर, निश्चित भैसकेको छैन ।

National Life

फूलपातिमा प्रदर्शनमा आएको डाँडाको वरपीपल भने व्यवसायिकरुपमा असफल भएको छ । सोही समयमा प्रदर्शनमा आएको फिल्म धन्दागिरी पनि बक्सअफिसमा असफल भयो । असोज २१ गतेदेखि फिल्म हलहरु संचालनमा आएपछि नेपाली फिल्मको प्रदर्शन भने कमजोर देखिएको छ । तर, अंग्रेजी फिल्महरु नो टाइम टु डाइ र फास्ट एन्ड फ्युरियस–९ ले भने आशालाग्दो व्यापार गरेका छन् ।


नयाँ घोषणा भएका तीन नेपाली फिल्मको प्रचारप्रसार र बक्सअफिस अपेक्षा भने न्यून छ । ठूला फिल्महरुले नयाँ वर्षको समयमा प्रदर्शन मिति घोषणा गर्दै तत्काल रिलिज नगर्ने संकेत दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया