• २१:१५ २०८० चैत्र १५ गते
  • 9:15 pm

दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ को मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ०५:३१

accident 2 e1613544874296

२ कार्तिक, २०७८ काठमाडौँ : दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो ।


नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो ।


सोही अवधिमा काठमाडौं उपत्यकामा दसैँ अवधिभरमा ३०८ वटा दुर्घटना भएका छन् । जसमा ३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया