• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

सिरहाको बिष्णुपुर गाउँपालीकामा ३ दिने बिष्णु मेला सुरु

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १२:३७

बिष्णु मेला लाई अगामी बर्षमा मोहोत्सबको रूपमा परिणत गर्ने, स्थानीय समाज सेबी यादव

National Life

महेश सिंह
२ कार्तिक २०७८ काठमाडौँ :
सिरहाको बिष्णुपुर गाउँपालीका वडा नम्बर १ स्थित बिष्णुपुर चौकमा ३ दिने बिष्णु मेला सुरु भएको छ। परापूर्व काल देखि उक्त ठाँउमा बिष्णु भगवानको मन्दिर रहेको स्थानीय बुढा पाकाहरुको भनाई छ। बिगतमा फुईसको छानो रहेको उक्त छानोमा बिष्णु भगवानको आस्था रहेको स्थानीयको भनाइ छ।


यस बर्षको पुजा स्थानीय बासी तथा धार्मिक आस्था बोकेका धार्मिक ब्यक्ती सरोज कुमार यादवले पुजाको सम्पुर्ण सामग्री उनले ब्यवस्था गर्दै पुजामा समेत बसेका थिए। २०५९ सालमा सिद्धी बाबाको विशेष पहलमा मन्दिरको सिल्यानास भएको थियाे । बाबा सिद्धीको समाजमा निकैनै देन रहेको छ। प्रत्येक बर्ष कार्तिक महिनामा मन्दिरलाई नयाँ रङ्ग रोहन गर्ने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेला सुरु हुनु अगाबै मन्दिरलाई दुलही झैँ सिङ्गार्ने गरिन्छ भने चाेकमा नयाँ पसल संचालन संगै मानिसहरुको चहल पहल बढने गरेको देखिन्छ । यस मन्दिरमा ठुलाे शक्ति रहेको स्थानियहरुको विस्वास रहेको छ । मन्दिर पुजारी गर्भु दासका अनुसार प्रत्येक बर्ष मेलामा मैथिली काला सांस्कृति नित्य संगै पहलमानी समेत हुने गरेको पुजारी दासले बताए।

प्रतिकृया