नेपाल बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी
प्रकाशित मिति
२०७८ कार्तिक १ गते, सोमबार ०५:५०
१, कार्तिक २०७८ काठमाडौँ : नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १ लाख ग्राहक स्व। दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ ।
स्व. दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका छन् ।उक्त १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व। दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका थियो ।
यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।
हालसम्म बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
प्रतिकृया