• १९ असोज २०८३, सोमबार
  • ६ः०३ बेलुका

अमेरिकाबाट कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार ०३:२२

३०असोज, २०७८ काठमाडौँ :  अमेरिकाबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै नेपाल आइपुग्न लागेको हो ।

National Life

दशैंअघि नै आउने भनीए पनि तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको थियो ।


नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि गाभीले खोप अनुदानमा पठाउन लागेको जनाइएको छ । यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो । खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया