• १९ असोज २०८३, सोमबार
  • ४ः४६ बेलुका

काँग्रेसका निर्वाचित १२ जिल्ला सभापति को कुन पक्षका ?

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार १२:५१

फाइल तस्बिर

National Life

३०असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत १२ हिमाली जिल्लामा अधिवेशन सकिएको छ भने सभापति सहित कार्यसमिति र महाधिवेशन प्रतिनिधिको टुङ्गोसमेत लागेको छ। हिमाली जिल्ला भए पनि विवादका कारण सिन्धुपाल्चोकको वडा अधिवेशनपछि रोकियो भने जुम्लाको वडा अधिवेशन मात्र भएको छ। अर्को हिमाली जिल्ला रसुवाको क्रियाशील सदस्यताको विवाद नमिलेका कारण वडा अधिवेशन नै सुरु भएको छैन।


अधिवेशन सम्पन्न भएका १२ जिल्ला सभापतिमध्ये कसको पक्षमा पल्ला भारी भएको भन्ने हिसाबकिताब समेत सुरु भएको छ। ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, सङ्खुवासभा, कालिकोट, दोलखा, बाजुरा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अधिवेशन सकिएका १२ मध्ये ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शङ्कर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामेछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाहीसमेत ६ जिल्लाका सभापति केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन निकट मानिन्छन् ।


गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, दोलखाका बर्मा लामा, कालिकोटका अम्मरबहादुर शाही, सङ्खुवासभाका दीपक खड्का, बाजुराका रामसिंह रावल र मुस्ताङका रोमी गौचन संस्थापन इतर समूह निकट हुन्। हालसम्म सम्पन्न भएको जिल्ला अधिवेशनमा सभापतिमा दुवै पक्षले बराबरी गरेको छ।


काँग्रेसको ४ वटा महानगर समितिमा भने संस्थापन इतर समूहका विजयी भएका छन् । काठमाडौँ महानगर, पोखरा महानगर, भरतपुर र विराटनगर महानगरमा देउवा इतर समूह विजयी भएका छन् भने ललितपुर महानगरपालिकामा मात्र देउवा समूह विजयी भएको छ। अर्को महानगर वीरगन्ज रहेको पर्साको वडा अधिवेशन नै सुरु भएको छैन।

प्रतिकृया