• 9:37 pm

ताइवानको एक टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु ,७९ जना अस्पताल भर्ना, १४ को अवस्था गम्भिर

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०७:०३

२९  असोज, २०७८ काठमाडौँ : ताइवानको एक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा आज बिहान आगलागी भएको हो । आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो ।

स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ । घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिकृया