• १९ असोज २०८३, सोमबार
  • ९ः५९ राती

चीनले भुटानसँग सीमा विवाद मिलाउन गर्यो समझदारी

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०५:३५

एजेन्सी,

National Life

२८ असोज, २०७८ काठमाडौँ :   चीनको धेरैजसो छिमेकी देशहरुसँग सीमा विवाद छ । पछिल्लो समय उसले सीमा क्षेत्रमा सैन्य उपस्थिति समेत बढाएको छ । कतिपय सीमा विवाद लामो समययता चलिरहेको छ । जसको समाधान कठिन छ ।


भुटानसँग पनि चीनको सीमा विवाद छ । यसकारण चीनसँग भुटानको सम्बन्ध सामान्य छैन । तर, यसलाई सामान्य बनाउने प्रयासले गति लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चीनले भुटानसँग सीमा विवाद अन्त गर्न आवश्यक कदमका लागि समझदारी गरेको छ । भुटानको विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी सीमा सम्झौताका लागि तीन चरणको रोडम्यापसम्बन्धी सम्झौता भएको जनाएको छ ।


समझदारीपत्रमा भुटानका विदेशमन्त्री ल्योनपो टान्डी डोर्जी र चीनका उपमन्त्री ऊ जियाङहाओले हस्ताक्षर गरेका उल्लेख छ । दुवै देशबीच सन् १९८४ देखि सीमासम्बन्धी सहमतिका लागि छलफल चल्दै आएको छ । २४ चरणमा त्यस्ता छलफल भइसकेपनि कतिपय सीमा विवाद हल हुन सकेको छैन ।

प्रतिकृया