• १९ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

बिग मार्टमा एनएमबीका ग्राहकलाई १० प्रतिशतसम्म छुट

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०१:४६

२५ असोज, २०७८ काठमाडौँ : बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबी बैंकले महाछुट अफर प्रस्तुत गरेको छ। बैंकले दसैँको घटस्थापनादेखि बिग मार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउने महाछुट अफर ल्याएको हो।

National Life

यो सुविधा सीमित अवधिको लागिमात्र उपलब्ध रहने बैंकले जानकारी दिएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारीको लागि  [email protected]/[email protected] मा इमेल गर्न सकिनेछ।


एनएमबी बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया