• १९ असोज २०८३, सोमबार
  • ६ः५५ बेलुका

महोत्तरीमा घूससहित वडाध्यक्ष पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार १०:०२

२५ असोज, २०७८ काठमाडौँ : सेवाग्राहीको काम गरिदिएबापत घूस मागेको रकमसहित महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित मटिहानी नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर महतोलाई पक्राउ गरेको हो।

National Life

जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिबासमा रहेको अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष महतोसहित वडाका सहायक कम्प्युटर अपरेटर अव्दुल राइनलाई पक्राउ गरेको छ। घूसबापत १० हजार रकम लिइसकेको अवस्थामा दुवै जनालाई आइतबार रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।


दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया