ओलीले मुलुकलाई पछाडि फर्काउन खोजे: अध्यक्ष प्रचण्ड
प्रकाशित मिति
२०७८ आश्विन २३ गते, शनिबार १०:२९
२३ असोज, २०७८ भक्तपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गरिने बताउनुभएको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अहिलेको समयमा देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नु भयो ।
अध्यक्ष प्रचण्डले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आउन खोजे पनि प्रतिगमनकारी आन्दोलनमा पार्टीले खेलेको भूमिकाका कारण जनताको मनमा देशलाई माया गर्ने पार्टी माओवादी केन्द्र रहेछ भन्ने बिश्वास जागेको बताउनुभयो ।
प्रचण्डले पछिल्लो समयमा हरेक पार्टीको समस्या समेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनु भयो उहाँले पार्टीप्रति जनमत बनाउन बैचारिक, राजनीतिक र सांगठनिक रुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
बिचमा जनताको मुद्धा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन बिरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरी विश्वास गरेको भन्दै उहाँले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्रनै भएको जनताले फेरी बुझेको प्रचण्डले बताउनुभयो । आगामी दिनमा माओवादी केन्द्रले पहिलो पार्टी बनेर देशको नेतृत्व गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहलिे अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्धा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब संगठनलाई मजबुद बनाउन लाग्नुस् ।”
प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जादा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र सांगठानिक रुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।बिचमा जनताको मुद्धा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेको बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउन खोजेको भन्दै ओलीमा राजनैतिक र कम्युनिष्ट चरित्र नभएको आरोप लगाउनुभयो ।संबिधान निर्माण पछि देश र जनताको हितका लागि बाम एकताको नयाँ आधार निर्माण गर्न खोजिएको भएपनि त्यसका बिरुद्ध ओली नै भुमिका खेलेको बताउनुभयो ।

ओली आफैले एकताको गठबन्धन भत्काएर राजनीतिक अपराध गरेको उहाँको भनाई छ । प्रचण्डले भन्नुभयो, “एमालेका अध्यक्ष केपी ओलीले देशलाई पछाडि फर्काउन चाहिरहेका छन्, पार्टीमा बहुमतते कारबाही गर्दा पनि ओलीले स्वीकारेनन र थप निरंकुश बन्दै गएपछि त्यो प्रबृत्तिको अन्त्य गर्न खोज्दा संसद विघटन खेप्नु पर्यो, देशी विदेशी प्रतिगामी तत्वको शिकार वाम एकतामा पर्यो, पछि ओली आफैले एकताको गठबन्धन भत्काए, ओलीले राजनीतिक अपराध गरेका छन् ।”
अध्यक्ष प्रचण्डले एमाले नेता महेश बस्नेतप्रति लक्षित गर्दै भक्तपुरबाट संशोधनवादीलाई लखेट्नु पर्छ भन्दै त्यस्ता तत्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्छ भन्नुभयो । कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, वाग्मति प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गिय संगठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्ले , ४ वटै नगरका संयोजक लगायतले माओवादी केन्द्रलाई देशको पहिलो पार्टी बनाउन सबै सक्रिय रहने बताउनुभयो ।








प्रतिकृया