• २१ असोज २०८३, बुधबार
  • १२ः०७ राती

थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार १२:५०

२० असोज, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिन लागेको हो ।

National Life

सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० करोड रुपैयाँ बजार पठाउन लागिएको बैंकले जनाएको छ । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । त्यसो त केहीदिन अघिमात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो । हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ । आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस रिपोका लागि माग गर्न सक्नेछन् ।

प्रतिकृया