• 1:43 am

निधि, कोइराला र सिंह छलफलमा, नेतृत्वमा आ-आफ्नो दावी

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०३:४९

१८ असोज, २०७८ काठमाडौँ :  नेपाली कांग्रेसका नेतृत्वका लागि दावी गरिरहेका तीन नेताबीच आजपनि महाधिवेशन केन्द्रीत छलफल हुँदैछ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निधि निवास बानेश्वरमा छलफल हुन लागेको हो ।


कांग्रेसका स्वर्गीय नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच यसअघि पनि बारम्बार छलफल हुँदै आएको छ । सभापतिमा आ-आफ्नो दावी गरिरहेपनि नेतात्रयबीच हालसम्म ठोस सहमति जुटेको छैन । आजको भेटमा पार्टीको १४ औं महाधिवेशन, भावी नेतृत्व र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया