• २० असोज २०८३, मंगलबार
  • ७ः१९ बेलुका

प्रकाशमानको गुनासो – कांग्रेस अलोकतान्त्रिक बन्यो

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार १२:५५

१८ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अझै केही जिल्लाको क्रियाशील सदस्यता नटुंगिनु विडम्बना भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरूलाई बधाई दिँदै उनले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटी निर्णय भएको भन्दै टिप्पणी गरे । पार्टीमा अलोकतान्त्रिक गतिविधि हुन थालेको र केही व्यक्तिले त्यसलाई साथ दिएको उनको गुनासो थियो ।

National Life

‘१४ औँ महाधिवेशनको प्रक्रिया सुरू भइसकेको छ । तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन, डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन’, सिंहले भने, ‘डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुइयाजस्तो कराइरहेका छन्, गर्न नहुने काम आफूले गर्ने, कसैले बोल्नै नपाउने भन्ने रु सिनियर लिडरहरूले त अनावरत रुपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’


नेता सिंहले केही नेताहरूले पदमा पुगेकाहरूको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको टिप्पणी गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया