• २० असोज २०८३, मंगलबार
  • ९ः४२ राती

अरुलाई नैतिकताको पाठ पढाउने बाबुराम नै अनियमितताको पक्षमा उभिएपछि…….,

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार १२:१०

१८ असोज, २०७८ काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर दुईको मुख्यमन्त्रीको कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टी (जसपा) रुष्ट बनेको छ । गत असोज १२ गते दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको थियो । मुख्यमन्त्री लालबाबु राउतलाई फसाउने नियतले अख्तियारले छापामार शैलीमा छापा मारेको आरोप जसपाको छ ।

National Life

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ’ कार्यक्रममा अनियमितता गरेको आरोप लागेको छ । प्रदेश सरकारकै सर्वोच्च कार्यकारी निकायलाई बदनाम बनाउन अख्तियार लागेको जसपाको ठहर छ । जसपाले विज्ञप्ती नै जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति आपत्ति जनाएको हो ।


‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रीय कार्यक्रमलाई बदनाम गराउन अख्तियार हात धोएर लागेको उल्लेख गरेको छ । जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो तर, अमर्यादित र विद्वेशपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हिनताबोध हुने राष्ट्र निर्माणका लागि गरिने लोककल्याण्कारी कार्यहरुमा प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जनता समाजवादी पार्टी घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

ओलीको विरोध गर्नेहरु नै भ्रष्टाचारीको पक्षमा

निष्पक्ष काम गनुपर्ने अख्तियारलाई दलहरुले बन्धक बनाउने कोसीस गरिरहेका छन् । संवैधानिक निकाय अन्र्तगता पर्ने अख्तियारको अनुसन्धानलाई प्रभावित बनाउन शीर्ष नेताहरु नै लागेका छन् । केपी शर्मा ओली सरकारको समयमा ओम्नी र यती प्रकरण अनुसन्धान गर्नुपर्ने भन्दै खरो रुपमा उत्रिएका जसपाका कार्यकारीणी अध्यक्ष डा। बाबुराम भट्टराई आफ्नै पार्टीको नेताको बचाउमा उत्रिएका छन् । अख्तियारको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी जसपाले आन्दोलन र वक्तव्यवाजी गरिरहेको छ ।


यसको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वलाई जाने जानकारहरु बताउँछन् । काम गर्ने निकायलाई छानविन सम्म गर्न पाइँदैन भन्ने आशय विज्ञप्लिे दिन खोजेको उनिहरुको भनाई छ । रोचक त के छ भने मुख्यमन्त्री कार्यालयले छात्राहरुका लागि साइकल खरिदमा अनियमिततामा अख्तियारले छापामा मार्दा विरोधमा उत्रिने डा। भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनबारे भने नैतिकताको पाठ सिकाएका छन् ।


सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको बताउँदै लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पारे अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । तर, उनै भट्टराई अख्तियारले अनियमितताको आशंका छानबिन गर्दा विरोधमा उत्रिएका छन् । उनले छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै विरोध गरेका हुन् ।


‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन,हिटलर र फासीवाद जन्माउने हो । चेतना भया,’ उनले भनेका छन् ।

पार्टी भित्र, सरकार संचालन र मधेशी समुदायभित्रै संतुलन कायम राख्न नसकेको भन्दै चौतर्फी दवावमा परेका राउतलाई अख्तियार प्रकरण भने फलामको च्युरा हुने उनकै दलका नेताहरु बताउँछन् ।

प्रतिकृया