• २१ असोज २०८३, बुधबार
  • २ः२४ राती

‘सभापतिमा म कुन कारणले अयोग्य छु ?’ : प्रकाशमान सिंह

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०२:१५

१६ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाएर पनि काम गर्न नसकेकोे आरोप लगाएका छन् । त्यसैले १४औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको उनको स्पष्टोक्ति थियो।

National Life

पार्टीको काठमाडौँ महानगरपालिका अधिवेशनको शनिबार उद्घाटन गर्दै कांग्रेस नेता सिंहले भने, ‘सभापति शेरबहादुर देउवाले अवसर पाएर पनि काम गर्न सक्नुभएन। पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्छ।’


अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने उनको तर्क थियो। उनले अब पनि कांग्रेसको नेतृत्व परिवर्तन नभए राम्रो नहुनेसमेत बताए । नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पुनः दोहोर्‍याए। ‘सभापतिमा म कुन कारणले अयोग्य छु ?’, उनको प्रश्न थियो।कार्यक्रममा कांग्रेस युवा नेता गगन थापाले पनि कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याए।

Classic Tech Mobile
Classic Tech Desktop

‘आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आए पनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेको छ।’


सोहीअनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागिपरेको नेता थापाले सुनाए। उनले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावीसमेत गरे। उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याए।

प्रतिकृया