• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्ने तयारी

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार १२:५१

१४ असोज, २०७८ काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए । नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

National Life

एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई पार्टीमा भित्र्याउने तयारी भइरहेको छ ।’ लेखीले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै लोसपा नेपालबाट राजीनामा दिएका हुन् ।


जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने र पुराना पार्टीभन्दा पनि खराब अवस्थामा पुगेपछि राजीनामा दिनुपरेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने जानकारी दिए । एमालेको नाम नखुलाइ उनले भने, ‘लोसपा नेपालबाट राजीनामा दिएँ, अब कुन दलमा जाने भन्नेबारेमा छलफल गरिरहेको छु ।’

प्रतिकृया