• 4:36 pm

सर्वदलीय बैठक सुरु : को को छन् सहभागी ?

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ११:१७

१४ असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०:३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।


प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी नभएको उनले बताए ।

प्रतिकृया