• २० असोज २०८३, मंगलबार
  • ४ः३८ बेलुका

चुरोट पिउनेले आँफुलाई हिरो सम्झन्छ: डा. भगवान कोईराला (भिडियो सहित)

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०६:२१

लायन्स/लियो क्लब अफ काठमाण्डौं र लायन्स क्लब अफ बागमती गौतम बुद्ध संयुक्त “बृहत स्वास्थ्य शिविर” सम्पन्न

National Life

१३ असोज, २०७८ काठमाडौँ :  विश्व मुटु दिवसको उपलक्षमा लायन्स/लियो क्लब अफ काठमाण्डौं र लायन्स क्लब अफ बागमती गौतम बुद्ध  द्वारा संयुक्त रुपमा  आयोजित “बृहत स्वास्थ्य शिविर” सम्पन्न भएको छ। भक्तपुर लायकु मध्यपुर ठिमिको आदर्श उच्च माविको प्राङगणमा आयोजित शिविरमा ३ सय ५० बढिले स्वास्थ्य लाभ लिएका छन्।


उक्त शिविरको औपचारिक कार्यक्रमका प्रमुख अथिती बरिष्ठ  मुटुरोग बिशेषज्ञ डा. भगवान कोईरालाले मुटु दिवसको शुभकामना दिंदै मुटु बचाउन खानपानमा ध्यान दिन आग्रह गरे। मुटुको लागि चुरोट पिउनु घातक हुने भन्दै युवा पुस्तामा  चुरोट पिउनु हिरो भएको महसुस गर्ने गलत प्रथा छ यसलाई चुरोट पिउने भिलेन हो भन्ने मानसिकताको बिकास गर्नुपर्ने बताए। कोईरालाले शिविरमा उपस्थितहरुलाई मुटु स्वस्थ्य राख्ने उपायहरु बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राम बहादुर श्रेष्ठले क्लवले बिश्व मुटु दिवसको अवसरमा हरेक बर्ष गर्दै आएको कार्यक्रमलाई नैं निरन्तरता दिईएको बताए। गत बर्ष भने कोरोनाको कारण कोईरालाकै आथिथ्यमा भर्चुअल माध्यम बाट मुटुदिवस मनाएको थियो।  क्लवले बिशेषगरि ग्रामिण भेगलाई प्रथामिकता मा राखेर शिविर सञ्चालन गर्दै आएको भएपनि यस पटक भने उपत्यकाकै भक्तपुरमा कार्यक्रम गरिएको हो। श्रेष्ठका अनुसार नेवारी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मुटुरोग संबन्धि अवारनेसको कमी र मुटुरोगी हरु पनि बढि पाईएपछि भक्तपुरमा कार्यक्रम गरिएको हो। ‘जहाँ आवस्यकता त्याहा लायन्स हाम्रो नारानै हो’ उनले भने ‘यहा आवस्यकता देख्यौं यहि शिविर राख्यौं’

भिडियो हेर्नुहोस्



शिविरमा नि:शुल्क मुटुरोग परिक्षण, ईको, ईसिजी, लगायत दन्त परिक्षण र बिभिन्न रोगका बिरामीलाई स्वास्थ्य परामर्श समेत दिईएको थियो । त्यस्तै डाईट काउन्सिलिङ साथै नि:शुल्क औषधी समेत बितरण गरिएको श्रेष्ठले जानकारी दिए।


उक्त शिविरमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले  प्राविधिक सहयोग गरेको थियो। यस्तै कार्यक्रमका सहआयोजकमा लायन्स क्लब अफ काठमाण्डौं ईभा, लायन्स क्लब अफ लिटिल बुद्ध, लायन्स क्लब अफ लाफिङ बुद्ध, लायन्स क्लब अफ काठमाण्डौं सिद्धार्थ गौतम बुद्ध र लियो क्लब अफ काठमाण्डौं बुद्धभुमी रहेका थिए। कार्यक्रममा मध्यपूर थिमी नगरपालिका उपप्रमुख अन्जनादेवी मध्यकर्मी कार्यक्रमका संयोजक उत्तम ढुङगाना र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया