• २० असोज २०८३, मंगलबार
  • ८ः३४ राती

मृत्यु भइसकेका व्यक्तिको किर्ते कागजात बनाई सामाजिक सुरक्षा भत्ता झ्वाम पार्ने सचिव सहित ५ जना बिरुद्ध मुद्दा

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०४:४३

१३ असोज, २०७८ काठमाडौँ : उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का कर्मचारीहरुले सो गा.वि.मा विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको किर्ते कागजात बनाई दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप-पत्र दायर गरेको छ।

National Life

ठोक्सिला गा.वि.स.का तत्कालीन गा.बि.स. सचिव केशव प्रसाद आचार्यसमेत ५ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर गरेको हो। साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ/ व। ०७१र०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतकको नाममा खभरपाई समेत गरि सामाजिक सुरक्षा भत्ता बुझेको पाईएपछी आरोप-पत्र दायर गरिएको हो।

प्रतिकृया