सामसुङको सामान खरिद गर्दा शुन्य प्रतिशत ब्याजमा बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी योजना
प्रकाशित मिति
२०७८ आश्विन १३ गते, बुधबार १०:५१
१३ असोज, २०७८ काठमाडौँ : नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक महानुभावहरुले शुन्य प्रतिशत ब्यजदरको सुबिधामा सामसुङ कम्पनीको Smartphone, Smart Watch तथा Tablets हरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।
पर्वको बहार, BOK को उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावहरुले सजिलो संग सामसुङ ब्राण्डका Smartphone, Smart Watch तथा Tablets हरु बैकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सकिने छ । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच बैंक क्रेडिट कार्डबाहक महानुभावहरुलाई सामसुङको Smartphone, Smart Watch तथा Tablets हरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो ।
यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नुहुनेछ । यस सरल किस्ताबन्दी योजनामा ग्राहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउनेछ ।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि.काठमाण्डौँमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।








प्रतिकृया