• २० असोज २०८३, मंगलबार
  • ७ः१६ बेलुका

कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०१:५६

१२ असोज, २०७८ काठमाडौँ : बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । यसअघि कात्तिक २ र ३ गते खुवाइने पूर्वनिर्धारित योजना थियो तर, दशैंको कारण मिति परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

सो दिन भिटामिन ‘ए’ र जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ । सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।

प्रतिकृया