• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

आज कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ११:१६

८ असोज, २०७८ काठमाडौँ : आज नेपालमा अमेरिकी डलरको विनिमयदर घटेको छ । बिहीबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ९० पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा कायम भएको छ ।

National Life

नेपाल राष्ट्र बैंकले आज चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि घटेको जानकारी दिएको छ । बिहीबार नेपाली मुद्रासँग प्रतियुआन खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा तोकिएको थियो । आजसो मुद्राको खरिददर १८ रुपैयाँ २० पैसा र १८ रुपैयाँ ३० पैसा तोकिएको छ ।


यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ७४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६२ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।


यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा तोकिएको छ ।


दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १० पैसा र बिक्रीदर १५ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।


नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९० रुपैयाँ ५० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३११ रुपैयाँ ७७ पैसा र ३१३ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।


प्रतिकृया