टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०२:२८

Prabhatferi youth club

३० भाद्र, २०७८ काठमाडौँ : अखिल नेपाल फुटसल संघको आयोजनामा पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लबलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले बिदाई गरेको छ ।


बागमती प्रदेशबाट सहभागी हुने टोखा नगरपालिकास्थित प्रभातफेरी फुटसल टिमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले बुधबार बिदाई गरेको हो । नेपाली कांग्रेस सह महामन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा आयोजित बिदाई तथा शुभकामना कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिपक गुरुङ लगायतको उपस्थिति थियो


अध्यक्ष गुरुङले भने- ‘खेलमा सफलता हासिलका लागि प्रभातफेरी टिमलाई शुभकामनासँगै अग्रिम बधाई ।’ सेप्टेम्बर १८ देखि अक्टोबर ८ सम्म हुने प्रतियोगितामा ६ प्रदेशका १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालो १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतिकृया