• ४ साउन २०८३, सोमबार
  • १०:१३ बेलुका

कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टी

प्रकाशित मिति

२०७८ भाद्र २६ गते, शनिबार ११:२८

२६ भाद्र, २०७८ काठमाडौँ : पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो । उक्त बैठकले सेप्टेम्बर १५ सम्म खोप लगाउनका लागि अन्तिम मिति समेत तोकेको छ ।


तर, स्वास्थ्य अवस्थाका कारण खोप नलगाउने कर्मचारीलाई यो नियम लागू गरिएको छैन । पञ्जाबी नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन उक्त कदम चाल्नुपरेको क्याप्टेन अमरिन्दर सिंहले जानकारी दिए । यसका साथै, पञ्जाब सरकारले कर्मचारीहरुलाई पनि काममा जाने अनुमति प्रदान गरेको छ ।

Kamana Sewa

भने, यसका लागि ४ हप्ता अगाडि पहिलो खोपको मात्रा लगाएको हुनुपर्ने छ । ती व्यक्तिले हरेक हप्ता पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ । साथै, दुवै मात्रा खोप लगाएका कर्मचारीले एक पटक मात्रै पीसिआर रिपोर्ट बुझाए हुने व्यवस्था समेत गरिएको छ । एजेन्सी

Classic Tech Desktop

प्रतिकृया