• ४ साउन २०८३, सोमबार
  • ८:३२ बेलुका

माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

प्रकाशित मिति

२०७८ भाद्र २१ गते, सोमबार ०३:५९

२१ भाद्र, २०७८ काठमाडौँ : एमाले नेता महेश बस्नेतले माधव नेपालले पार्टीको नेतृत्व गर्दा हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा बस्नेतले माधव नेपालले २०६४ को निर्वाचनमा हात्तिजत्रो पार्टीको जिम्मा लिएर बोको जत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुगेको बताएका हुन् ।


‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो’ बस्नेतले भने- ‘उहाँ प्रधानमन्त्री हुँदा प्रचण्डले देशव्यापी आमहड्ताल घोषणा गर्नुभयो, माधव नेपालको सरकारले वार्ताको आव्हान गर्दा प्रचण्डले भन्नुभयो–म वार्ता नोकरसँग होइन मालिकसँग गर्छु ।’

Kamana Sewa

त्यसबेला आफुहरुले युथफोर्स बनाएर माधव नेपालको सरकार जोगाएको भन्दै माधव नेपाल थरथर भएर राजीनामा दिएको बस्नेतले बताए । माधव नेपालले एमालेलाई चुनौती दिन नसक्ने भन्दै स्वार्थी र फटाहाहरुलाई बोकेर उनले एमालेलाई चुनौति दिन नसक्ने बताए ।

Classic Tech Desktop

प्रतिकृया