• १४ असोज २०८३, बुधबार
  • ९ः३४ राती

जानकी मन्दिरमा मुख्यमन्त्री राउतले प्रचार गरेको होर्डिङ बोर्ड युवाहरूले च्यातेर फाले

प्रकाशित मिति

२०७८ भाद्र १२ गते, शनिबार ०१:३७

१२ भाद्र, २०७८ काठमाडौँ : जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी मन्दिर परिसरभित्र प्रचार प्रसारका लागि लगाइएको होर्डिङ बोर्ड तथा पर्चा पम्पलेट स्थानीय युवाहरूले हटाइदिएका छन्। प्रदेश २ सरकारले सञ्चालन गरेको अभियानको प्रचार-प्रसार, व्यावसायिक प्रयोजनका लागि लगाइएको होर्डिङ बोर्ड तथा पम्पलेटहरू जनकपुरका युवाहरूले च्यातेर फालेका हुन्।

National Life

मन्दिर परिसरमा मुख्यमन्त्री लालबाबु राउतको तस्बिरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड आफूहरूले च्यातेर फालिदिएको युवा अभियन्ता सरोज मिश्रले बताए। ‘मन्दिर परिसरमा धार्मिक एवम् पर्यटकीयस्थलको गरिमा र विशेषता बाहेकका कुनै होर्डिङ बोर्ड लगाए हामी फालिदिन्छौं,’ उनले भने, ‘यस्तो गर्नु धार्मिकस्थलको अपमान हो।


प्रदेश सरकारले भ्रष्टाचार गर्ने मानसिकताले प्रचारबाजी र सस्तो लोकप्रियता कमाउन खोजेको देखिन्छ।’ मन्दिर परिसरमा भिडियो सुटिङ र टिकटक बनाउन समेत निषेध गरिएको उनको भनाइ छ। स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानको नाममा होर्डिङ बोर्डमै प्रदेश सरकारले लाखौं रुपैया भ्रष्टाचार भएको उनले दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकीयस्थलमा अन्य विषयक प्रचार-प्रसार सामग्री, बोर्ड, पर्चा, पम्पलेट नटाँस्न समेत ती युवाहरूले सचेत गारएका छन्। त्यस्ता पोस्टरहरू टाँसिए कानुनी उपचार खोज्ने युवाहरूले चेतावनी समेत दिएका छन्।

प्रतिकृया