• १५ असोज २०८३, बिहीबार
  • ६ः४७ बिहान

दुई बिमा कम्पनीको मर्जर तयारी, स्वाप रेसियोको विषयमा छलफल

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १२:२६

९ भाद्र, २०७८ काठमाडौँ : सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को विषय फाइनल नहुँदा मर्जर सम्झौतामा ढिलाइ भएको हो ।

National Life

सुरुआती छलफलतामा हिमालयन जनरल इन्स्यारेन्सको सय कित्ता बराबर सगरमाथाको एक सय कित्ता प्रस्ताव गरिएको थियो । तर हिमालयन जनरल इन्स्यारेन्सले ९० प्रतिशत अर्थात सय कित्ता बराबर ९० कित्ता सेयर दिनु पर्ने माग राखेको छ । ‘सगरमाथाका केही सञ्चालकले भने ७५ प्रतिशत दिनुपर्ने माग गर्नु भएको छ, उताको ९० पाउनुपर्छ भन्ने माग छ’ श्रोतले भन्यो, ‘सम्भवतः ८० वा ८५ प्रतिशतमा मिल्छ होला, नाम लगायतका विषयमा खास समस्या हुँदैछ ।’


यस विषयमा छलफल गर्न दुबै समूहको भोलि बिहीबार बैठक बस्दैछ । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्पनी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।

प्रतिकृया