• १४ असोज २०८३, बुधबार
  • ११ः०२ राती

माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १०:१७

९ भाद्र, २०७८ काठमाडौँ : निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने बताए ।

National Life

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।


नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए । तर दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ । ७ जनाको सनाखत नहुने भएपनि माधव नेपाललाई दल दर्ताका लागि संख्या पुग्ने छ । ४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत समाजवादी) दर्ता हुने सक्ने देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो । बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत गरेर यस सम्बन्धमा आयोगले निर्णय लिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया