• १५ असोज २०८३, बिहीबार
  • १२ः५० राती

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०५:३४

९ भाद्र, २०७८ काठमाडौँ : सोल, रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो ।

National Life

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो ।


रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन्। उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया