• १४ असोज २०८३, बुधबार
  • ८ः०३ राती

कर्णालीमा खाद्य कम्पनीको चामल बोक्न विचौलिया घुसाउने प्रयास-वायुसेवा सञ्चालक संघ

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ११:३२

४ भाद्र, २०७८ काठमाडौँ : नेपालगन्ज र सुर्खेतबाट हुम्लाका लागि हरेक वर्ष चामल ढुवानी गरिरहेका वायुसेवा कम्पनीलाई निषेध गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रक्रिया थालको छ । यो प्रक्रियामा खाद्य कम्पनीले विचौलिया प्रयोग गर्न खोजेको भन्दै एयरलाइन्स कम्पनीले विरोध गरेका छन् ।

National Life

यो जिम्मा बिचौलियाले लिए पनि बोक्न भने एयरलाइन्स नै प्रयोग गर्नुपर्छ । हुम्ला सडक मार्गबाट जोडिएको छैन । वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीका अनुसार विगतमा यो काम खाद्य कम्पनीले सिधै एयरलाइन्सलाई दिने गरेको थियो । बीचमा बिचौलिया नराख्दा चामलको ढुवानी समेत सस्तो पर्न जान्थ्यो । तर, यसपटक भने कम्पनीले वायुसेवा कम्पनीले प्रतिस्पर्धामै भाग लिन नसक्ने गरि प्रावधान राखिएको छ ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १५ साउनमा निकालेको सूचनाअनुसार खाद्यान्न ढुवान गिर्ने कम्पनी मूल्य अभिवृद्धि कर (भ्याट)मा अनिवार्य दर्ता भएको हुनुपर्ने उल्लेख छ । तर, एयरलाइन्स कम्पनीहरुलाई भने भ्याटमा दर्ता गरिँदैन । मुअकर ऐन २०५२ को दफा १० को अनुसूचि अनुसार एयरलाइन्स व्यवसाय मुअकरमा दर्ता हुनुनपर्ने उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अनुसूचीमा यात्रुबाहक यातायात तथा ढुवानी सेवालाई दर्ता हुन नपर्ने समूहमा राखिएको छ । खाद्य कम्पनीले भने भ्याट अनिवार्य भएको कम्पनीले मात्र भाग लिन सक्ने प्रावधानले वायुसेवा कम्पनीलाई सार्वजनिक खरीदमै रोक लगाउने काम गरेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ । नेपाल वायुसेवा सञ्चालक संघले भ्याटमा दर्ता हुनुपर्ने भनि विचौलिया छिराउने उद्देश्यले यस्तो प्रवाधान ल्याएको भन्दै फिर्ता गर्न माग गरेको छ ।


संघले भनेको छ, ‘कानुनको विपरीत हुने गरी हचुवाको भरमा कानूनी शर्त तोकिए हवाई सेवा कमपनीलाई प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन नदिने नियतले जारी भएको सूचना तत्काल संशोधन हुनुपर्छ ।’ गत वर्ष करिव २५ करोड रुपैयाँको ढुवानी भाडा प्रयोग गरि चालम ढुवानी गरिएको थियो ।

प्रतिकृया