• २१:२१ २०८० चैत्र १६ गते
  • 9:21 pm

अफगानिस्तानबाट काठमाडौँ आइपुगे नेपालीहरु (फोटो फिचर)

प्रकाशित मिति

२०७८ भाद्र १ गते, मंगलवार ०३:३२

1 1

१ भाद्र २०७८ काठमाडौँ : अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।


सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।


अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो ।

Aafaganishtan 1
Aafaganishtan 2
Aafaganishtan 3
2 2
Aafaganishtan 5

प्रतिकृया