• १३ असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

१० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण ३१ गते, आईतवार १०:४८

३१ साउन, २०७८ काठमाडौँ : लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय इन्द्रिजीत बिनलाई पक्राउ गरिएको जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) राजु लामाले बताए ।

National Life

नवलपरासी (पूर्व)को बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका इन्द्रिजीत बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । ३ वर्षदेखि उनी फरार थिए । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने डिएसपी लामाले बताए ।

प्रतिकृया