• १६ असोज २०८३, शुक्रबार
  • ९ः१४ बिहान

छोरी नेपाल लैंगीक हिंसा पीडित छोरीचेलीको माइतीघर

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०५:२१

३० साउन, २०७८ काठमाडौँ :  हिंसा पीडित महिला तथा जोखममा परेका वालवालिकाहरुको संरक्षणमा क्रियाशील छोरी नेपाल गैरसरकारी संस्थाले मिठ्ठु वाइवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

National Life

नख्खु दोवाटोस्थित संस्थाको कार्यालय परिसरमा आयोजित ८ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा शिल्पा तिरुवा, सचिवमा कल्पना तिमिल्सेना पोखरेल र कोषाध्यक्षमा सचिना श्रेष्ठ चयन हुनु भएको छ ।


त्यस्तैं, सदस्यहरुमा सरिता गिरी, अस्मिता दर्नाल र अमिशा राई रहनु भएको छ । किशोरी उमेरमा संस्थाको नेतृत्व गर्न सफल अध्यक्ष वाइवाले छोरी संस्था समाजका लैंगीक हिंसा पीडित छोरी चेलीका लागि माइतीघर भएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

छोरी संस्थाका संस्थापक अध्यक्ष हिरा दाहालले समाजबाट अपहेलित, असाहय, निमुखा र सहारा विहीन छोरीचेलीहरुको संरक्षण र कानुनी न्यायका लागि संस्था जन्मीएको बताउनुभयो । उहाँले महिला तथा वालवालिकाको अधिकारका लागि बुलुन्द आवाज उठाउने अग्रणी संस्था भएको स्मरण गराउनु भयो ।


कोभिड १९ संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारबाट जारी मापदण्ड अनुरुप कार्यक्रममा २५ जना भन्दा बढीको सहभागिता गराइएको थिएन । छोरी संस्थाले महिला तथा वालवालिका वेचविखन विरुद्ध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया