• ३१ भदौ २०८३, बुधबार
  • ५ः०६ बेलुका

गृह मन्त्रालय : सबै प्रमुख जिल्ला अधिकारीलाई आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न निर्देशन

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०६:२९

२९ साउन, २०७८ काठमाडाैँ : गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज यारी अवस्थामा राख्न परिपत्र मार्फत निर्देशन दिएको हो ।

National Life

कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अहिले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको मन्त्रालयका एक सहसचिवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सूचीकृत अस्पतालको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनिएको छ ।


यस्तै सूचीकृत अस्पतालमा संक्रमितको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई भनेको छ । मासिक अद्यावधिक विवरण यकिन गरी त्यसै अनुसार निःशुल्क उपचार भएका संक्रमितको विवरण सम्बन्धित अस्पताललाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले सूचीकृत अस्पतालको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि परिपत्रमार्फत नै निर्देशन दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया