• ७ असोज २०८३, बुधबार
  • १०ः१५ बिहान

नेपाल पक्षको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु

प्रकाशित मिति

२०७८ श्रावण २२ गते, शुक्रबार १२:०८

२२ साउन, २०७८ काठमाडौँ : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए ।

National Life

बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।
त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत थिए ।


यस्तै बिहीबार बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएका थिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए । तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए । नेपाल पक्षले केन्द्रीय समिति बैठकबाट पार्टी एकता, सरकारमा सहभागिता रहने वा नरहने, आगामी रणनीतिलगायतका विषयमा स्पष्ट धारणा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया