• १३ असोज २०८३, मंगलबार
  • ६ः०९ बेलुका

महन्थ ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

प्रकाशित मिति

२०७८ श्रावण १८ गते, सोमबार ०४:२१

१८ साउन, २०७८ काठमाडौँ : जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

National Life

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।


यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । ठाकुरकातर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई गर्नेगरी पेसी तोकिए पनि सोमबार सुनुवाई हुन नसकेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया