• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०९:११

काठमाडौं : नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा अवतरण भएको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन ।

National Life

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ । अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।

प्रतिकृया