• ११ असोज २०८३, आइतबार
  • १ः४७ राती

संसद विघटन मुद्दामा ९४ वर्षका वरिष्ठ अधिवक्ता भण्डारीले पनि जवाफ दिने

प्रकाशित मिति

२०७८ असार २१ गते, सोमबार १०:४१

काठमाडौँ : प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार निवेदक तर्फबाट जवाफी बहस सकिँदै छ । सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् । यसअघि चारजनावरिष्ठ अधिवक्ताले मात्र जवाफ दिने तय गरिएपनि वरिष्ठ अधिवक्ता भण्डारीले जवाफ दिने इच्छा गरेपछि उनलाई पनि समेटिएको हो ।

National Life

आइतबार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ घण्टा जवाफी बहस गरेका थिए । इजलासले तोकेको २ घण्टा दुई मिनेटमा बरिष्ठ अधिवक्ता भण्डारी, शम्भु थापा, बद्रि बहादुर कार्की र हरिहर दाहालले जवाफ दिँदै छन् ।


‘जवाफका लागी गुरुदेव (कृष्णप्रसाद भण्डारी)ले पनि इच्छा गर्नुभएको छ’ वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने–‘आधा घण्टाको दरले आज ४ जनाले जवाफ दिन्छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया