• 10:12 pm

त्रिवि शिक्षण अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति

२०७८ असार १९ गते, शनिबार ०५:३१

काठमाडौँ : त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट प्राप्त करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘अ रोटरी क्लब अफ विरमिङघम बेलायत’ले उपलब्ध गराएको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरिएको हो ।


उक्त संस्थाका संस्थापक तथा अन्तराष्ट्रिय निर्देशक डा. पिटर पटेलले पठाएका स्वास्थ्य सामग्री ‘चिल्ड्रन भिजन नेपाल’का अध्यक्ष रमेश सिलवालले अस्पतालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष सिलवालले शुक्रबार अस्पतालका आकस्मिक सेवा प्रमुख डा. रमेश कुमार श्रेष्ठलाई हस्तान्तरण गरे।


सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो।

प्रतिकृया