• १७ असोज २०८३, शनिबार
  • १२ः३५ राती

वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०१:५९

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी भएपछि ओलीले खुसी व्यक्त गरे ।

National Life

नेकपा विभाजन र एमाले पुनः स्थापनापछि पार्टी बैठकमा वामदेव पहिलोपटक सहभागी भएका हुन् । बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । वामदेवजीलाई पनि आउने-जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’

प्रतिकृया