• २ असोज २०८३, शुक्रबार
  • १२ः२३ राती

एमाले बैठकमा ओलीको ब्रिफिङ-हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०१:०१

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

National Life

ओलीले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।


ओलीले सर्वोच्च अदालतका पछिल्ला अदोशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’

प्रतिकृया