• ८ असोज २०८३, बिहीबार
  • २ः३५ दिउँसो

अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटायो

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०५:५५

काठमाडौँ : महानगरपालिकाले अनामनगरको पूर्वी गेट अगाडि रहेका टहरा हटाइदिएको छ । महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा कब्जा गरेर विभिन्न गतिविधि गरेको आरोप लगाउँदै टहरा हटाइएको हो ।

National Life

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए । ‘हामीलाई जानकारी भएअनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरुले त्यहाँ टहरा बनाउनुभएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’


काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपति सापकोटाले पनि पटक–पटक उनीहरुलाई आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर हटाउनुपरेको जानकारी दिए । ‘उहाँहरुको अभियानप्रति हाम्रो विमति छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीले उहाँहरुलाई पटक–पटक आग्रह गरेका छौँ । तर, उहाँहरुले हाम्रो आग्रहलाई बेवास्ता गरेपछि हटाउन बाध्य भएका हौँ ।’ उनले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताए । टहरा हटाउने सिलसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।

प्रतिकृया