• ८ असोज २०८३, बिहीबार
  • ४ः०५ बेलुका

भन्सार छलेर ल्याइएको झण्डै १७ लाख रुपैयाँ बराबरका कम्प्युटर पार्ट्स बरामद

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०५:३२

वीरगञ्ज : भारतबाट भन्सार छलेर ल्याइएको करिब १७ लाख बराबरका कम्प्युटर पार्ट्स पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ।प्रहरीले भन्सार छली ल्याइएका उक्त सामानहरु वीरगञ्ज महानगरपालिका–१६ नग्वाबाट बरामद गरेको हो।

National Life

५ र ७ जना तस्करहरुले भातरबाट भन्सार छली कम्प्युटर पार्ट्सहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले डेल कम्पनीको आइ फाइभ सिपीयु ४९ पिस र हार्डडिस्क ७८ पिस बरामद गरेको छ।


बरामद गरिएको पार्टसहरुको बजार मूल्य १७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीलाई देख्नासाथ तस्करहरु भने सामान छाडेर फरार भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

बरामद गरिएको कम्प्युटर पार्ट्सहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताए।

प्रतिकृया