• ६ असोज २०८३, मंगलबार
  • १२ः३३ दिउँसो

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न, जातीय विभेदमा राज्य कहाँ उभिने ?

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०५:३२

काठमाडौं : नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै आपत्ति जनाएको छ ।

National Life

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको उल्लेख गरेको छ ।


‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीत र आज संविधानमा लेखिएका न्यायका अक्षरको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू रु प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया